गढीमाई मेला व्यवस्थापन समिति गठन
सोमबार, १४ असोज २०८१, २३ : २४

कलैया । पञ्चवर्षीय गढीमाई मेला सञ्चालन गर्न समिति गठन गरिएको छ । आगामी मङ्सिरमा लाग्ने मेलालाई सभ्य, भव्य बनाउन महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवको अध्यक्षतामा एक सय ११ सदस्यीय समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षहरूमा मनोजकुमार गुप्ता, रामचन्द्रप्रसाद साह, रामबाबुप्रसाद यादव र कलैश महतो भएको नवगठित मेला समितिका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।
समितिको महासचिवहरूमा वीरेन्द्रप्रसाद यादव, नरेशप्रसाद जयसवाल, उपेन्द्रप्रसाद गुप्ता, सचिवहरूमा उमरावती देवीलहेरीन, नितुकुमारी गुप्ता र कोषाध्यक्षमा वीरेन्द्रप्रसाद चौरसिया चयन भएका छन् ।
समितिको सदस्यमा सबै राजनीतिक दलका प्रतिनिधि, १६ वटा पालिकाका प्रमुख र उपप्रमुख छन् । गढीमाई मेलामा एसिया महादेशका अधिकांश ठाउँबाट मेला भर्न तीर्थयात्रीहरू आउने गर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रकृतिलाई बिगारेर आफैँ जोखिम ननिम्त्याऔँ: गृहमन्त्री लेखक
-
धनगढी–खुटिया सडकखण्डमा दुई वटा पक्की पुल निर्माण गरिँदै
-
भुजी र दरमखोला पुल निर्माणमा लापरबाही
-
पहलगाम घटनापछि आईसीसीलाई बीसीसीआईको पत्र
-
नदीमा डुबेर बेपत्ता व्यक्तिको शव सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो
-
नेपालसहित चार देशमा एमसीसी परियोजना नरोकिने