मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

तीन दिनपछि बेपत्ता बालकको शव फेला

सोमबार, १४ असोज २०८१, २३ : ०६
सोमबार, १४ असोज २०८१

बरहथवा । सोती खोलाले बगाएको बालकको शव तीन दिनपछि फेला परेको छ ।  गत असोज १२ गतेको अविरल वर्षापछि सोती खोलामा आएको भेलमा बगी बागमती नगरपालिका–९, सोगारत महतोका १४ वर्षीय छोरा मुकेश बेपत्ता भएका थिए ।

बेपत्ता बालकको निरन्तर खोजी गर्ने क्रममा आज शव फेला परेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए ।
बालकको शव परीक्षणको लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाउने तयारी भएको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप