मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

सोमबार, १४ असोज २०८१, २२ : ००
सोमबार, १४ असोज २०८१

आज २०८१ असोज १४ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा राष्ट्र संघको महासभामा सहभागी भएर फर्किए ओली, विभिन्न राजमार्गमा अवरोध कायमै, बाढी, पहिरो तथा डुबानबाट मृत्यु हुनेको सङ्ख्या २०९ पुग्यो, इन्धनको मूल्य घट्यो, उमेरहद लागु भए क्रान्तिकारीका निवर्तमान पदाधिकारी बिदा हुने, धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारी मन्त्रालयमा तानिए लगायत छन् ।

१. राष्ट्र संघको महासभामा सहभागी भएर फर्किए ओली
प्रधानमन्त्री केपी शर्मा ओली सोमबार स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्र संघको महासभामा सहभागी भएर उनी स्वदेश फर्किएका हुन् । त्रिभुवन विमानस्थलमै पत्रकारहरूसँग कुरा गर्दै उनले भ्रमणका उपलब्धिबारे चर्चासमेत गरेका थिए ।

२. विभिन्न राजमार्गमा अवरोध कायमै
अविरल वर्षापछि शनिबारदेखि अवरुद्ध रहेका विभिन्न राजमार्ग खुलाउने प्रयास पूर्ण रुपमा सफल भइसकेको छैन । सोमबार धादिङको मलेखुमा पहिरो खसेपछि फेरि काठमाडौँ–मुग्लिन खण्डमा यातायात सेवा प्रभावित भएको छ । यस्तै नवलपरासीको दाउन्नेमा सडक भासिएका कारण पूर्व–पश्चिम राजमार्गमा सवारी आवतजावत प्रभावित भएको छ ।

३. बाढी, पहिरो तथा डुबानबाट मृत्यु हुनेको सङ्ख्या २०९ पुग्यो
बाढी, पहिरो र डुबान लगायतका प्राकृतिक विपत्तिबाट मृत्यु हुनेको सङ्ख्या २०९ पुगेको छ । गृह मन्त्रालयले सोमबार साँझ ७ बजेसम्मको तथ्याङ्क सार्वजनिक गर्दै १४२ जना घाइते र २९ जना बेपत्ता रहेको जनाएको हो ।

४. इन्धनको मूल्य घट्यो
नेपाल आयल निगम इन्धनको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलको मूल्य घटेको छ ।

५. उमेरहद लागु भए क्रान्तिकारीका निवर्तमान पदाधिकारी बिदा हुने
नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारीमा ३२ वर्षे उमेरहद लागु भएमा निवर्तमान कार्यसमितिका दुई तिहाइभन्दा बढी पदाधिकारी बिदा हुने देखिन्छ । असोज ११ गतेबाट त्रिभुवन विश्वविद्यालयस्थित स्मृति हलमा क्रान्तिकारीको जारी राष्ट्रिय सम्मेलनको बन्दसत्रमा उमेरहद लगाउने कि नलगाउने सम्बन्धमा बहस भइरहेको छ ।

६. धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारी मन्त्रालयमा तानिए
गृह मन्त्रालयले धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालयमा तानेको छ । धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र काभ्रेका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईको सरुवा भएको गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता ऋषिराम तिवारीले बताए ।

७. दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर
मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । प्रहरीको साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनको आधारमा मुद्दा दायर गरिएको हो ।

८. देशका लागि फुटबल खेल्ने सपना बोकेका ६ जना एकसाथ अस्ताए
देशका लागि फुटबल खेल्ने सपना सँगालेर इन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरीस्थित बत्सलादेवी माद्यमिक विद्यालयमा अध्ययन र प्रशिक्षण लिँदै आएका ६ किशोरको पहिरोमा पुरिएर मृत्यु भएको छ । 

९. ‘सिधाकुरा’ प्रकरणमा अदालतको फैसलाबारे के भन्छन् विज्ञ ?
सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले ‘सिधाकुरा’ प्रकरणमा गरेको फैसलालाई दुई कोणबाट हेर्नुपर्ने अभिव्यक्ति स्वतन्त्रताको पक्षमा काम गर्दै आएका व्यक्तिहरूले टिप्पणी गरेका छन् । उनीहरूले कसैको फेक वा बनावटी अडियो, भिडियो वा कुनै सामग्री उत्पादन गरेमा त्यो आफैँमा अपराध भएकाले त्यसलाई अपराधकै रूपमा हेर्नुपर्ने र प्रकाशन प्रसारणमा संलग्न भएकाहरूलाई उनीहरूको भूमिका आधारमा दण्डनीय बनाउनुपर्ने तर्क गरे ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप