मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

विपद्का बेला प्रधानमन्त्री भद्दा मजाकसहितको प्रहसनमा समय कटाइरहे : महासंघ

सोमबार, १४ असोज २०८१, २१ : २८
सोमबार, १४ असोज २०८१

काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले भीषण वर्षा र जोखिमको पूर्वसूचनाको बाबजुद पनि नेपाल सरकारले कुनै पूर्वतयारी नगरेको आरोप लगाएको छ ।  प्रधानमन्त्रीले सिङ्गो देश बाढी–पहिरोको चपेटामा परेर जनता दुःखमा पर्दासमेत कुनै पहल गर्नुको सट्टा ‘हिमालमा गैँडा, हात्ती र मयुर पाइने’ भद्दा मजाकसहितको प्रहसनमा समय कटाएको महासंघको आरोप छ ।

महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कार्यवाहक प्रधानमन्त्री र रक्षामन्त्रीको कुनै पत्तो भएन । विपद्‌को घडीमा सुरक्षा निकाय परिचालन गर्नुपर्ने मुख्य जिम्मेवारी बोकेका गृहमन्त्रीले कहिले जिउँदै मानिसहरूलाई मरिसकेको घोषणा गर्छन् त कहिले जनधनको क्षति कम भएको भन्दै नागरिक र जनधनको क्षतिप्रति निर्दयी टिप्पणी गर्छन् । हामी नेपाल सरकार र प्रदेश सरकारहरूको प्राकृतिक प्रकोपको पूर्वसूचनाप्रित मूकदर्शक बन्ने र जनताको जिउधनको क्षति रोक्न कुनै पहल नगर्ने उदासीन गैरजिम्मेवारीपना तथा सरकारमा बसेर उद्धार र राहतमार्फत जनताको घाउमा मलम लगाउनुको सट्टा नुनचुक छर्केर मजाक गर्ने कार्यको घोर निन्दा तथा भर्त्सना गर्दछौँ ।’

महासंघले नेपाल सरकार समक्ष भविष्यमा यस्तो अवस्था आउन नदिन आवश्यक पूर्वतयारी गर्न, विकासको मोडेलबारे  पर्याप्त छलफल गरी पर्यावरणमैत्री विकासको कार्यक्रम र कार्ययोजना अघि सार्न माग गरेको छ ।  

त्यस्तै बाढीबाट पीडित जनतालाई तत्काल उद्धार गर्न, प्रभावित जनतालाई सुद्ध खानेपानी, पौष्टिक खाना, अस्थायी आवास र आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउन र घर, खेतबारी, पशुपन्छी, बालीनाली तथा पूर्वाधार क्षति भोगेका किसानहरू र आम जनसमुदायलाई तत्काल उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि माग गरिएको छ ।

अध्यक्ष चित्रबहादुर श्रेष्ठले बाढीपहिरोबाट मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ र बेपत्ताहरूको जीवितै उद्धार होस् भन्ने कामना गरेका छन् । श्रेष्ठले महासंघमा आबद्ध २४ वटै विषयगत किसान संघहरूका सबै तहका नेता(कार्यकर्ताहरूलाई उद्धार तथा राहतको कार्यमा जुट्न अपिल गरेका छन् ।

12

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप