मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

नेपाल डिजिटल पेमेन्ट्सको अध्यक्षमा डंगोल नियुक्त

सोमबार, १४ असोज २०८१, २१ : २७
सोमबार, १४ असोज २०८१

काठमाडौँ । नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको अध्यक्षमा रीना डंगोल नियुक्त भएकी छन् । गत भदौ ३० गते बसेको बोर्ड बैठकले डंगोललाई नियुक्त गरेको हो ।

असोज १३ गते आयोजित शपथ ग्रहण कार्यक्रममा डंगोलले नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक विनोद राज आचार्यबाट शपथ ग्रहण गरिन् । उक्त कार्यक्रममा नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रवीणराज पोखरेलको समेत उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप