कलेज अफ मेडिकल साइन्सेस र प्रभु बैंकबिच छुट सम्झौता
काठमाडौँ । चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्स र प्रभु बैंक लिमिटेडबिच छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । बैंकका तर्फबाट चितवन प्रदेश प्रमुख साङ्ग्रिला श्रेष्ठ तथा कलेजका तर्फबाट एडिसनल डाइरेक्टर डा. मनोहर प्रधानले समझौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार कलेज अफ मेडिकल साइन्सेसमा बैंकका ग्राहक तथा कर्मचारीहरूले सेवा तथा सुविधा लिएबापत विशेष छुट पाउने भएका छन् । उपचार गर्दा औषधि, सिटी स्क्यान र एमआरआई बाहेक सम्पूर्ण सेवाका साथै एक्स-रे र यूएसजीमा समेत २० प्रतिशतसम्मको छुट पाउने छन् ।
बैंक लिमिटेड का ग्राहक तथा कर्मचारीहरूले सुविधा तथा सेवा प्राप्त गर्नको निमित्त बैँकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैँकका अन्य कुनै विद्युतीय प्रणालीद्वारा विल भुक्तानी गर्नुपर्ने छ । तर यो सुविधा प्राप्त गर्नको लागि बैंकका ग्राहक तथा कर्मचारीहरूले परिचयपत्र तथा परिवारको सदस्यको लागि नाता खुल्ने कागजात अनिवार्य पेस गर्नुपर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोजकले धोका दिएपछि रोकियो सबिन राईको सिलिगुडीको कार्यक्रम
-
‘आन्तरिक अर्थतन्त्र चलायमान हुन थाल्यो, अब बैंकहरूको एनपीए सुधार हुन्छ’
-
मड्रिड डर्बी र सिटीविरुद्धको खेलअघि रियललाई झट्का
-
ईयूमाथि पनि छिट्टै अतिरिक्त कर लगाउँदै अमेरिका
-
शिक्षक महासंघले गर्ने आन्दोलन विवादमा, एमाले निकट शिक्षक संगठन सहभागी नहुने
-
अख्तियारले चलायो ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा