सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

तारकेश्वर नगरपालिकाका अमिन घुसको रकमसहित पक्राउ

सोमबार, १४ असोज २०८१, २१ : १४
सोमबार, १४ असोज २०८१

काठमाडौँ । तारकेश्वर नगरपालिकामा कार्यरत अमिन ईश्वरचन्द्र चौलागाई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चौलागाई घुसको २० हजार रुपैयाँसहित पक्राृ गरेको हो ।

सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार चौंलागाईले जग्गा कित्ताकाट गर्न सिफारिस गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी निवेदनका आधारमा आयोगको टोली खटिएको थियो । टोलीले उनको साथबाट स्रोत नखुलेको ३४ हजार रुपैयाँ समेत बरामद गरेको छ । 

उनलाई तारकेश्वर नगरपालिका-६ धर्मस्थलीबाट सोमबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको सहायक प्रवक्ता थपलियाले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप