सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय
मन्त्रिपरिषद् बैठक

बाढी पहिरोमा परी बेपत्ता रहेका परिवारलाई २ लाख दिने सरकारको निर्णय

सोमबार, १४ असोज २०८१, २१ : ०७
सोमबार, १४ असोज २०८१

काठमाडौँ । सरकारले बाढी, पहिरो, डुबानलगायतका प्राकृतिक विपदमा परी १० दिनसम्म बेपत्ता रहेका परिवारलाई २ लाख दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्राकृतिक विपद्का कारण १० दिनसम्म बेपत्ता रहेका सदस्यलाई मृतककै रूपमा मानेर परिवारलाई २ लाख दिने निर्णय गरेको हो । 

यस्तै सरकारले ३ दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । 

यस्तै राष्ट्रिय झण्डा आधा झुकाउने पनि बैठकले निर्णय गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप