सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

५ करोड ९२ लाख रुपैयाँमा बिक्यो एनपीएलको ‘स्ट्राटेजिक एण्ड कमर्सियल राइट्स’

सोमबार, १४ असोज २०८१, २० : ४८
सोमबार, १४ असोज २०८१

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल)को रणनीतिक व्यावसायिक अधिकार ब्रान्ड लजिकले पाएको छ। क्यानले बोलकबोल मार्फत मागेको ‘स्ट्राटेजिक एण्ड कमर्सियल राइट्स’ आवेदनमा सबैभन्दा बढी ५ करोड ९२ लाख रुपैयाँ बोली लगाएर ब्रान्ड लजिकले सो अधिकार प्राप्त गरेको हो।

कम्पनीले खेलको प्रचार-प्रसार व्यवस्थापन देखि आर्थिक पक्षलाई थप मजबुत बनाउने जिम्मेवारी लिनेछ। सम्झौतामा लिगको ब्रान्डिङ, मार्केटिङ, प्रसारण अधिकार, प्रायोजन व्यवस्थापन, र ग्राउन्ड ब्रान्डिङको अधिकार समावेश गरिएको छ।

अब ब्रान्ड लजिकले नेपाल प्रिमियर लिगका खेलहरूलाई देशभर र अन्तर्राष्ट्रिय स्तरमा प्रसारण गर्ने अधिकार पाएको छ। साथै, विभिन्न प्रायोजन अवसरहरूलाई समन्वय गर्दै लिगको आर्थिक पक्षलाई थप मजबुत बनाउन काम गर्नेछ। 

सम्झौतासँगै ब्रान्ड लजिकले अब लिगको सम्पूर्ण ब्रान्डिङ र प्रचार-प्रसारको जिम्मेवारी लिएको ब्रान्ड लजिकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत रोशन निरौलाले जानकारी दिए। उनले भने, ‘क्रिकेट मेरो सानैदेखिको प्रिय खेल हो। मैले बाल्यकालमा जसरी क्रिकेट खेल्न र हेर्न मन पराउँथे, आज त्यही खेलसँग हाम्रो कम्पनीलाई जोड्न पाउँदा उत्साहित छु। नेपाल प्रिमियर लिगलाई अझ राम्रो बनाउन र विश्वस्तरमा पुर्‍याउन सक्ने जिम्मेवारी पाउँदा मलाई गर्व लागेको छ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप