सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

भ्रष्टाचार मुद्दामा फरार जीवन थापा पक्राउ

सोमबार, १४ असोज २०८१, २० : २८
सोमबार, १४ असोज २०८१

काठमाडौँ । भ्रष्टाचार मुद्दामा एकजना फरार प्रतिवादीलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभु घर भएर पुल्चोक बस्ने जीवन थापा छन् । 

६९ वर्षका थापालाई सानेपाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका डीएसपी नरहरी अधिकारीले रातोपाटीलाई बताए । 

२०८० वैशाख १० मा विशेष अदालतले थापालाई २८ लाख ६३ हजार बिगो र १७ लाख १८ हजार जरिवाना हुने ठहर गरेको थियो । फैसलापछि उनी फरार थिए । उनलाई ललितपुर जिल्ला अदालतमा पेस गरिएको डीएसपी अधिकारीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप