सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय
समाचार

भाटभटेनीका मिनबहादुरले दिए बाढी पहिरो पीडितलाई एक करोड

सोमबार, १४ असोज २०८१, २० : २५
सोमबार, १४ असोज २०८१

काठमाडौँ । भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङले बाढी पहिरो र डुबान पीडितको सहयोगार्थ एक करोड ११ लाख रुपैयाँ प्रदान गरेका छन् ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू विदेशबाट फर्के लगत्तै सोमबार व्यवसायी मीनबहादुर गुरुङ दम्पतीसँग भेट भएको र उनीहरुले बाढी पहिरो पीडितको राहतका लागि एक करोड, ११ लाख, ११ हजार एक सय ११ रुपैयाँको चेक दिएको बताएका छन् । 

उक्त रकम प्राकृतिक विपत्ति उद्धार कोषमा प्रदान गरिएको भन्दै प्रधानमन्त्रीले गुरुङको परिवारलाई धन्यवादसहित सामाजिक सञ्जाल फेसबुकमार्फत तस्बिरसहित सार्वजनिक गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप