सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय
समाचार

मलेखुमा फेरि पहिरो, रातको समयमा मुग्लिन–मलेखु खण्डमा यात्रा नगर्न प्रहरीको आग्रह

सोमबार, १४ असोज २०८१, २० : १५
सोमबार, १४ असोज २०८१

काठमाडौँ । धादिङको मलेखुमा पुनः पहिरो खसेको छ । अविरल वर्षाको कारण पृथ्वी राजमार्गको धादिङ र चितवनमा पर्ने सडक खण्ड लगातार अवरुद्ध छ । 

धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर–९ स्थित झ्याप्ले खोलामा दुईवटा माईक्रो बस र एउटा बसमाथि पहिरो खस्दा ३५ जनाले ज्यान गुमाए । ना.४ ख २२७० नम्बरको बस, बा.२ ख १३४५ नम्बरको हायस र लु. १ ज ४५७७ नम्बरको विङ्गर पुरिँदा ३५ जनाले ज्यान गुमाएका हुन् । 

पहिरो खस्ने क्रम नरोकिएपछि पृथ्वी राजमार्गको मलेखु–मुग्लिन सड्क खण्डमा थप प्रहरी प्रहरी परिचालन गरिएको छ । नियमित बाहेक ७५ जना थप मद्धत सो सड्क खण्डमा परिचालन गरिएको बागमती प्रदेशका डीआईजी कृष्णहरी शर्माले रातोपाटीलाई बताए । उनले भने, ‘ट्राफिकको एसपीको नेतृत्वमा सो क्षेत्रमा प्रहरी परिचालन गरिएको छ ।’ 

बागमति प्रदेश ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीलाई मुग्लिन–नागढुंगा क्षेत्रको सवारी व्यवस्थापन गर्ने जिम्मेवारी दिइएको छ । रातको समयमा थप जोखिम हुने आकलन गरेर प्रहरीले सो क्षेत्रमा राति यात्रा नगर्न आग्रह गरेको छ । डीआईजी पोखरेलले भने, ‘रातको समयमा थप जोखिम हुने देखिएको हुनाले यात्रा नगर्न भनेका छौँ ।’ 

नागढुंगा हुँदै काठमाडौँ भित्रिन खोजेका साना सवारी साधनलाई प्रहरीले गल्छीबाट नुवाकोट हुँदै काठमाडौँ पठाएको छ । सवारी साधन पार्किङ गर्दा भिरालो ठाउँमा नगर्न पनि प्रहरीले आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप