सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय
समाचार

दाउन्नेमा सडक भासिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

सोमबार, १४ असोज २०८१, २० : ११
सोमबार, १४ असोज २०८१

बुटवल । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिँदा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । 

बर्दघाट नगरपालिका– ४ दाउन्ने जंगलस्थित खुर्सानी खोलामा सडक भासिएपछि बुटवलबाट काठमाडौँ जाने सवारीलाई पोखरा हुँदै जानको लागि प्रहरीले आग्रह गरेको छ । 

राजमार्ग ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका निमित्त प्रमुख ईश्वरी अर्यालले दाउन्नेमाा करिब  डेढ फिट सडक भासिएपछि सवारी रोकिएको रातोपाटीलाई बताए । उनले तत्काल खुल्ने सम्भावना नभएकाले बुटवलमा पाल्पा पोखरा हुँदै जान आग्रह गरिएको बताए ।  

सडकको माथिल्लो भागमा पनि चर्किएकाले मर्मतसम्भारका लागि सडक डिभिजन कार्यालय चितवन र बुटवलसँगै समन्वय भइरहेको उनले बताए । 

सडक अवरुद्ध भएपछि नारायणगढबाट आउँदै गरेका सवारी साधनलाई दुम्कीबास र बुटवल तर्फबाट जाँदै गरेका सवारी साधनलाई बर्दघाटमा रोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप