मण्डला थिएटरमा नियमित ‘अगम’
सोमबार, १४ असोज २०८१, १९ : १४

काठमाडौँ । थापागाउँस्थित मण्डला थिएटरमा अहिले नाटक ‘अगम’ मञ्चन भइरहेको छ । सन्तान प्राप्तिका लागि एक दम्पतीले गरेको संघर्षको कथामा रहेको नाटक महिलाकै कोणबाट प्रस्तुत गरिएको छ । नाटकको लेकन तथा निर्देशक प्रितिशा अधिकारीले गरेकी हुन् ।
गत ११ गतेदेखि सुरु भएको नाटक १७ गतेसम्म नियमित मञ्चन हुनेछ । नाटकले दर्शकलाई एउटा आदिम समाजमा लैजान्छ, जहाँ महिलाको मूल्यमान्यता र बच्चा जन्माउने क्षमतालाई गहिरो रूपले देखाउन खोजेको छ ।
एउटी महिला आमा बन्न नसकेपछि परिवार र समाजको दबाब कुन स्तरको हुन्छ र महिलाको मानसिक अवस्था कस्तो हुन्छ भन्ने कुरालाई नाटकले गहिरिएर देखाउन खोजेको छ ।
सुस्मा निरौला, उमेश सुनाम, दीपेश काफ्ले, सोनिका शाही ठकुरी, स्वर्णिम चाम्लिङ, सनम श्रेष्ठ, सुस्मा लामा, रोशन, बसु बराल लगायतको अभिनय नाटकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपप्रधानमन्त्री सिंह र खेलकुदमन्त्री चौधरीद्वारा त्रिवि खेल मैदानको प्यारापिट अवलोकन (तस्बिरहरू)
-
राजाले संविधानविपरीत काम गरे, कारबाही गर्नुपर्छ : खतिवडा
-
गृहजिल्लाबाट डाक्टर शेखर कोइरालामाथि उठेका प्रश्न
-
फिनल्यान्ड संसारको सबैभन्दा खुसी देश, कहाँ छ नेपाल ?
-
विदेशमा रहेका नेपालीलाई निराश नहुन मन्त्री दाहालको आग्रह
-
बजेटमा सुझाव दिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आह्वान