सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘महालक्ष्मीको आचरणले दिक्क भएर ५९ टुक्रा पारेँ’

सोमबार, १४ असोज २०८१, १९ : ११
सोमबार, १४ असोज २०८१

बैंगलुरु । केही दिन अघि भारतको बैंगलुरुमा एक जना २९ वर्षीय युवतीको दर्जनौँ टुक्रा पारिएको अवस्थामा घरकै फ्रिजमा शव भेटियो । यस घटनामा प्रमुख सन्दिग्ध मुक्ति रञ्जन रोयले गएको बुधबार आत्महत्या गरेका  थिए । 

रोयले महालक्ष्मीको हत्या गरेर फ्रिजमा शरीरका टुक्राहरू राखेका थिए । प्रहरीले रोयकोको साथबाट सुसाइड नोट भेटेको छ । यसमा उनले आफूले महालक्ष्मीलाई मारेर टुक्र्याएको कुरा स्वीकार गरेका छन् ।

खबरका अनुसार रोयले सेप्टेम्बर ३ मा महालक्ष्मीको हत्या गरेका थिए । सेप्टेम्बर २१ मा आफ्नै अपार्टमेन्टभित्र फ्रिजमा युवतीको टुक्रिएको शव भेटिएको थियो । पीडितको शव फेला पारेपछि प्रहरीले सन्दिग्धको खोजी तीव्र पारेका थियो । हत्या गरेपछि रोय सहर छाडेर भागेका थिए । सुसाइड नोटका अनुसार आफूले मार्नु अघि महालक्ष्मीसँग रोयको व्यक्तिगत विषयमा झगडा परेको थियो ।

‘म उसको आचरणदेखि दिक्क भएको थिएँ । व्यक्तिगत कुरामा ऊसँग मेरो झगडा पर्‍यो । महालक्ष्मीले ममाथि हमला गरिन् । रिसको झोकमा मैले उसलाई मारिदिए ।’ नोटमा भनिएको छ । मारेपछि आफूले महालक्ष्मीको शवलाई ५९ टुक्रामा काटेर फ्रिजमै राखेको र यो सब आफूले उसको व्यवहारले दिक्क भएर गरेको पनि डायरीमा रोयले लेखेका थिए । महालक्ष्मीको हत्यापछि रातभर बसेर रोय उसको शरीर टुक्र्याएका थिए ।  

रोयको घरमा खानतलासीका क्रममा प्रहरीले डायरी फेला पारेको थियो । रोयले ओडिसाको भाद्राक जिल्लाको एक गाउँमा रुखमा झुन्डिएर आत्महत्या गरेका थिए ।

उनी बुधबार मात्रै उनको गाउँ पान्डी फर्किएका थिए । तर घरबाट मोटरसाइकल लिएर निस्किए । स्थानीयहरूले उनको शव फेला पारेका थिए । घटनास्थलबाट प्रहरीले सन्दिग्धको ब्याग, ल्यापटप र मोबाइल फोन लगायतका वस्तु पनि फेला पारेको छ ।

महालक्ष्मीको श्रीमान् हेमन्त दासले भने आफ्नी श्रीमतीको अश्रफ नाम गरेको पुरुषसँग अफेयर चलिरहेको बताएका थिए । एक महिना अघि आफ्नो पसलमा छोरीलाई भेट्न आउँदा आफूले महालक्ष्मीलाई देखेको उनले बताएका थिए । 

आफूहरू ६ वर्षको वैवाहिक सम्बन्ध टुङ्ग्याएर नौ महिना अघि मात्रै सम्बन्ध विच्छेद गरेको दासको भनाइ थियो । प्रहरीले भने महालक्ष्मी र रोय विगत ६ महिनादेखि सम्बन्धमा रहेको खुलासा भएको छ । तर उनीहरूबिचको सम्बन्ध खासै राम्रो भने थिएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप