सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सरकारसँग मिलेर बाढी पीडितलाई चेम्बरले सहयोग गर्ने

सोमबार, १४ असोज २०८१, १९ : ०७
सोमबार, १४ असोज २०८१

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले सरकारसँग हातेमालो गरेर बाढी पहिरोबाट पीडित नागरिकलाई सहयोग गर्ने भएको छ । 

गत बिहीबारदेखि परेको अविरल वर्षाका कारण काठमाडौँ लगायत मुलुकका अधिकांश स्थानमा जनधनको ठुलो क्षति भएको भन्दै चेम्बरले गहिरो दुःख व्यक्त गरेको हो । चेम्बरले मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अविरल वर्षाका कारणले देशको उद्योग धन्दा, पेसा व्यवसायमा गम्भीर असर गरेको भए पनि बजारमा औषधि, खाद्यान्न लगायत अत्यावश्यक बस्तुको अभाव हुन नदिन नेपाल चेम्बर अफ कमर्स सजग रहेको छ, ।’

चेम्बरले खाद्यान्न लगायतका बस्तुहरूको नियमित आपूर्तिको सुनिश्चितता गर्दै मूल्यवृद्धि हुन नदिने तर्फ सबै व्यवसायीहरूको सहयोग रहने समेत बताएको छ ।

बाढी पहिरोजन्य घटनाबाट जनधनको ठुलो क्षति भएको भन्दै चेम्बरले राहत तथा उद्धार एवं सहयोगका लागि चेम्बरका जिल्ला, प्रदेश एवं नगर चेम्बरहरूलाई पनि आग्रह गर्ने निर्णय गरेको छ ।

यस्तै विपत्तिका कारण हुन गएको आफ्नो व्यवसायको क्षतिपूर्ति दाबी भुक्तानीका लागि बीमितहरुले बीमा कम्पनीहरू समक्ष बिमा रकम माग गरेमा यथाशीघ्र भुक्तानी दिलाउने व्यवस्था गर्न समेत चेम्बरले बीमा कम्पनीहरू समक्ष आग्रह गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप