सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मन्त्रिपरिषद् बैठक बालुवाटारमा बस्दै

सोमबार, १४ असोज २०८१, १८ : ५७
सोमबार, १४ असोज २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर स्वदेश फर्केलगत्तै प्रधानमन्त्रीले बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

बैठकले बाढी, पहिरो र उद्धारका लागि आवश्यक निर्णय लिनसक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठक ५ बजे बस्ने भनिएपनि अबको केहीबेरमामात्र सुरु हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै आएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप