सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

त्रिवि शिक्षाशास्त्र संकायको डीनका लागि ५ जना सर्टलिष्टमा

सोमबार, १४ असोज २०८१, १८ : ५६
सोमबार, १४ असोज २०८१

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायको डीनका लागि ५ जनाको नाम सर्टलिष्टमा परेको छ । छनौट समितिले आवेदन दिएकाहरूमध्ये ५ जनालाई वर्णानुक्रमअनुसार सर्टलिष्टमा राखेको हो । 

सर्टलिष्टमा पर्नेहरूमा प्राडा एकारत्न आचार्य, प्राडा चित्र बहादुर बुढाथोकी, प्राडा नारायण प्रसाद बेलबासे, प्राडा विदोन लुईंटेल र प्राडा वेदराज आचार्य रहेका छन् । उनीहरूको प्रस्तुति र अन्तर्वार्ता असोज १६ गतेका लागि तय गरिएको छ । शिक्षाशास्त्र संकाय डीनका लागि ८ जनाको उम्मेदवारी परेको थियो ।

आवेदन परेकाहरूमध्ये त्रिवि सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम २०८१ को परिच्छेद १० को ५(ख) बमोजिम सर्टलिष्ट निकालेको हो । त्रिवि सभा तथा कार्यकारी परिषद्को सचिवालय अन्तर्गत छनौट समितिले भदौ १७ गते सूचना जारी गर्दै निर्देशकका लागि आवेदन माग गरेको थियो ।

461320504_10161753649696760_3210058382217314377_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप