डीआईजी पोखरेल अवकाशमा
सोमबार, १४ असोज २०८१, १८ : ५२

काठमाडौँ । प्रहरीका डीआईजी यज्ञविनोद पोखरेलले अवकाश पाएका छन् । पोखरेललाई निमित्त आईजीपी टेकप्रसाद राईले बिदाइ गरेका हुन् ।
बिदाइ कार्यक्रममा निमित्त आईजीपी राईले संगठनले सुम्पिएको जिम्मेवारी पोखरेलले इमान्दारिता पूर्वक पुरा गरेको बताए । उनलाई मायाको चिनो प्रदान गरेर राईले बिदाइ गरे ।
डीआईजीको ५६ वर्षे उमेरहदका कारण अवकाशमा गएका हुन् । प्रहरी नियमावली–२०७१ अनुसार इन्स्पेक्टर ५२ वर्ष र डीआईजी तथा एआईजीहरू ५६ वर्ष उमेर पुरा भएमा अवकाशमा जान्छन् ।
२०५२ कार्तिकमा प्रहरीमा प्रवेश गरेको पोखरेलले एसपी हुँदा रौतहट र सुनसरीको कमान्ड गरेका थिए । एसएसपी हुँदा ललितपुरको कमान्ड गरेका उनले डीआईजीमा मधेस प्रदेशको कमान्ड गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल शिक्षक महासङ्घ वार्तामा बस्ने नै भएपछि पारदर्शी ढङ्गले जानु राम्रो हुन्छ : शंकर पोखरेल
-
केयू रनिङ शिल्ड २०८२ : काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सले उचाल्यो ट्रफि
-
नेपालमा रोजगारी नपाएका कुँवर मल्टी नेशनल कम्पनीमा साइबर विज्ञ
-
१० बजे १० समाचार : सरकारबारे गठबन्धनभित्र आशंका, के भन्छन् प्रधानमन्त्री ओली ?
-
२ सय ८ जना प्रहरी नायव निरीक्षकमा बढुवा
-
राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट ल नेपाल आइपुगे