सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बीबीएस प्रथम वर्षको नतिजा सार्वजनिक, वेबसाइट नै डाउन

सोमबार, १४ असोज २०८१, १८ : ४९
सोमबार, १४ असोज २०८१

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले २०८० सालमा लिएको स्नातक तह बीबीएस प्रथम वर्षको नतिजा प्रकाशन गरेको छ । २०८० सालको असोजमा लिएको परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको नतिजा परीक्षा नियन्त्रण कार्यालयको वेबसाइटमा हेर्न सकिनेछ । तर, नतिजा प्रकाशन भएसलगत्तै वेबसाइट नै डाउन भएको छ ।

परीक्षा लिएको एक वर्षपछि नजिता प्रकाशन गरेको हो । त्रिविले परीक्षा भएको ९० दिनभित्रमा नतिजा प्रकाशन गरिसक्ने नीति ल्याएको छ । तर, बीबीएस प्रथम वर्षमा परीक्षा दिने विद्यार्थी धेरै भए पनि नतिजा प्रकाशनमा ढिलाइ भएको कार्यालयले जनाएको छ ।

त्रिविका उपकुलपति प्राडा केशरजंग बरालले आफ्नो कार्यभारको सुरुवातसँगै परीक्षालाई पहिलो प्राथमिकतामा राखेका थिए । उनले कार्यभार सम्हाल्ने समयमा तीन वर्षदेखिको परीक्षाका नतिजा प्रकाशन गर्न बाँकी थियो ।

त्यसपछि गत जेठदेखि नतिजा प्रकाशनलाई तीव्रता दिएको थियो । यो अवधिमा विगतमा रोकिएका सबै परीक्षा सकिएको त्रिविले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप