खेलकुद
तस्बिरमा हेर्नुहोस् एभरेष्ट महिला भलिबल लिगको उद्घाटन खेल
सोमबार, १४ असोज २०८१, १८ : ३७

काठमाडौँ । सोमबारदेखि एभरेष्ट महिला भलिबल लिग सुरु भएको छ । पहिलो पटक आयोजना भएको ‘वात्सल्य एभरेष्ट महिला भलिबल लिग’ को उद्घाटन खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (खेप)को कभर्डहलमा भएको हो ।
उद्घाटन खेलमा ललितपुर क्विन्स विजयी भएको छ । ललितपुर क्विन्सले छिमेकी प्रतिद्वन्द्वी काठमाडौँ स्पाइकर्सलाई ३–१ सेटले हराएको हो ।
प्रतियोगिताको पहिलो दिन सोमबार थप दुई खेल हुनेछन् । पहिलो दिनको दोस्रो खेल मधेश युनाइटेड र कर्णाली यश्विजबिच खेलिने छ । यसैगरी, पहिलो दिनको तेस्रो खेल चितवन शक्ति र गण्डकी थन्डर्सबिच खेलिने छ ।
प्रतियोगिता असोज १९ गतेसम्म सञ्चालन हुनेछ । महिला भलिबल लिगको पहिलो संस्करणमा ६ वटा टोलीको सहभागिता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनरत शिक्षक र पत्रकारमाथि गरिएको प्रहरी दमन खेदजनक : जनार्दन शर्मा
-
घाइते शिक्षकहरूको निःशुल्क उपचार गरिने
-
शिक्षक आन्दोलनको रिपोर्टिङका क्रममा पत्रकारमाथि आक्रमण : अनलाइन टिभी पत्रकार सङ्घको खेद
-
सगरमाथा चढ्ने तयारीमा रहेका असई सत्याललाई प्रधानमन्त्रीको बिदाइ
-
रोस्टममा पुगेका सांसदले अर्कै विधेयकको नाम पढेपछि...
-
शिक्षकहरूमाथि प्रहरीले बल प्रयोग गर्नु र पालिका लगाएर धम्क्याउनु सरकारको कुशासनको उदाहरण : शेखर कोइराला