काभ्रेमा अलपत्र परेका १ सय ४८ जना यात्रुलाई सशस्त्र प्रहरीको गाडीमा काठमाडौँ ल्याइयो
सोमबार, १४ असोज २०८१, १८ : ३१
_wXiD8SGtqR.jpg)
काभ्रे । काभ्रे जिल्लाको विभिन्न ठाउँमा अलपत्र परेका १ सय ४८ जनालाई सशस्त्र प्रहरीले काठमाडौँ ल्याएको छ । सोमबार बिहान सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकबाट पठाइएको तीन वटा बसले धुलिखेलबाट करिब १५ किलोमिटर पूर्व दाहाल डाँडा भन्ने ठाउँबाट १३ जना महिला ४९ पुरुष र ३ जना बच्चा गरी ६५ जनालाई काठमाडौँतर्फ ल्याएको हो ।
यसैगरी काभ्रेको विभिन्न ठाउँबाट हेलिकप्टर मार्फत धुलिखेल ल्याइएका ४२ जना महिला, ३३ पुरुष र ८ जना बच्चा गरी ८३ जनालाई काठमाडौँतर्फ ल्याइएको छ । विभिन्न ठाउँमा अलपत्र परेका व्यक्तिहरूको उद्धारको लागि नेपाली सेनाको हेलिकप्टर, सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट तीन वटा बससहित तीनवटै सुरक्षा निकायले संयुक्त रूपमा कार्य गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टाटा नेक्सनको नयाँ भर्जन के थ्री नेपालमा, मूल्य कति ?
-
पर्सामा अनलाइन जुवा खेलाउने एक जना भारतीय पक्राउ, अदालतबाट ५ दिनको म्याद थप
-
१२ बजे, १२ समाचार : ज्ञानेन्द्रको अभिव्यक्तिले संसदमा तरंगदेखि उर्जामन्त्रीको विरोध गर्ने कर्मचारीलाई हटाउन मन्त्रालयको ताकेतासम्म
-
१२ जना इन्स्पेक्टरको काज, पुल्चोकमा गम्भीरजंग थापा
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस–एमालेको प्रतिवाद
-
सशस्त्र प्रहरीकी इन्स्पेक्टर सन्तोषी महत मृत फेला, डीआईजीको नेतृत्वमा छानबिन समिति