मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

पेट दुख्यो भनेर गाडीमा छटपटाइरहेका पूर्णबहादुरको बाटोमै मृत्यु

सोमबार, १४ असोज २०८१, १८ : ०४
सोमबार, १४ असोज २०८१

सुर्खेत । रोल्पाका एक व्यक्तिको गाडीको सिटमा बसिरहेकै अवस्थामा मृत्यु भएको छ ।  मृत्यु हुनेमा रोल्पाको रुन्डीगढी गाउँपालिका-५, का पूर्णबहादुर घर्ती रहेको बताइएको छ । 

जाजरकोटको छेडागाड नगरपालिकाको थलह भन्ने ठाउँबाट घरतर्फ जाँदै गरेका उनको जाजरकोट–छिन्छु सडक खण्ड अन्तर्गत सल्यानको धारापानीमा मृत्यु भएको हो । 

गाडीमा सवार अन्य यात्रुका अनुसार उनी जाजरकोटमा खोटो कम्पनीमा काम गर्थे । थलहबाट गाडी चढ्ने बेलामा उनले पेट दुखिरहेको बताइरहेका थिए ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा प्रवक्ता रेशम खत्रीका अनुसार उनीसँग एक अर्को साथी पनि थिए । प्रहरीले विवरण राख्नु अगावै उनले निजी गाडीमा राखेर लगेको उनले बताए । प्रहरी पुग्नु अगावै साथीले लगेका कारण गाडी नम्बर, व्यक्तिगत विवरण राख्न नपाएको खत्रीले बताए ।

पूर्णबहादुर रुकुम पश्चिमबाट जाने सडक ठिक नभएपछि जाजरकोट–छिन्चु–कोहलपुर र त्यहाँबाट भालुवाङ हुँदै रोल्पाका घर जान लागेका थिए । तस्बिर : हरिहरसिंह राठौरबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप