सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

यस्ता छन् माछा खानुको फाइदा

सोमबार, १४ असोज २०८१, १८ : ०९
सोमबार, १४ असोज २०८१

काठमाडौँ । माछालाई विश्वमा सबैभन्दा स्वास्थ्यकर खानेकुरा मध्ये एक मानिन्छ । माछामा हाम्रो शरीरलाई आवश्यक कयौँ प्रकारका पोषक तत्त्वहरू हुन्छन् । 

यसमा हाई क्वालिटीको  प्रोटिनको साथमा ओमेगा–३ फ्याटी एसिड, भिटामिन डी, भिटामिन बी२, आइरन ,जिंक, आयोडिन, म्याग्नेशियम र पोटाशियम जस्ता स्वस्थ फ्याट पनि पाइन्छन् । यो मुटुको स्वास्थ्यका लागि पनि निकै राम्रो खानेकुरा हो । यसको सेवनले डिप्रेसन, टाइप १ मधुमेहको खतरा पनि कम हुन्छ । 

मस्तिष्कका लागि फाइदाजनक

अनुसन्धानका अनुसार माछामा ओमेगा–३ फ्याटी एसिड हुन्छ । माछा मानव मस्तिष्कमा पाइने मेम्ब्रेन एन–३ एफएएसका लागि पनि निकै राम्रो मानिन्छ । माछाले वृद्धवृद्धाहरूमा हुने डिमेन्शिया जस्ता बिर्सने रोगलाई पनि भगाउन सक्छ । गर्भधारणको समयमा माछा खानु राम्रो हुने एक अध्ययनले देखाएको थियो ।

तनाव कम गर्छ

माछा खानु शारीरिक मात्रै होइन मानसिक स्वास्थ्यका लागि पनि राम्रो हो । दिनहुँ माछा खाने मान्छेलाई मानसिक स्वास्थ्यसँग जोडिएको कुनै पनि बिमारी नहुने केही अध्ययनले देखाएका छन् । माछाले तनाव, चिन्तालाई पनि कम गर्ने बताइन्छ ।

मुटुका बिरामीका लागि

मुटुका बिरामीका लागि पनि माछा निकै फाइदाजनक छ । यसमा पाइने ओमेगा–३ फ्याटी एसिडले मुटुलाई बलियो बनाउँछ । ओमेगा–३ ले ट्राइग्लिसराइड्सको खतरालाई कम गर्छ ।

दमबाट बचाउँछ

माछामा एन–३ तेल पाइने अध्ययनले देखाएका छन् । यसले दमको जोखिम कम गर्छ । दमको साथसाथै माछा क्रनिक अब्सट्रक्टिभ पल्मोनरी डिजीज अर्थात् सीकोपीडी र आन्द्रा सुन्निने रोगका भएकाहरूका लागि पनि राम्रो मानिन्छ ।

आँखाको ज्योतिका लागि

विज्ञहरूका अनुसार माछामा पाइने ओमेगा–३ फ्याटी एशिड आँखाको ज्योति चम्काउन सहयो गर्छ । बेवएमडीका अनुसार आँखाको रेटिनालाई दुई खालको ओमेगा–३ फ्याटी एसिड चाहिन्छः डीएचए र ईपीए ।  यी दुबै फ्याटी एसिड साल्मन, टूना र ट्राउट जस्ता माछामा पाइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप