बालकविता
दसैँ
सोमबार, १४ असोज २०८१, १७ : ३५
वर्षा सकिएपछि आउँछ दशैँ रमाइलो ।
दशैँका बेला कति राम्रो अनि घमाइलो ।।
दसैँ हामी मनाउँछौँ पन्ध्र दिनसम्म ।
घटस्थापना पहिलो र कोजाग्रत अन्तिम ।।
नौ दिन हुन्छ महिषासुर र दुर्गाबिच युद्ध ।
दसौँ दिनमा विजय भई दैत्य हुन्छ नष्ट ।।
बलि दिने परम्परा पहिलेदेखि चलेको ।
नयाँ लुगा किन्छौँ हामी कति राम्रो राम्रो ।।
रातो टीका निधारमा जमरा छ कानमा ।
पिङ खेल्दै रमाउँदा खुसियाली छ मनमा ।।
कति मजा आउँछ चङ्गा उडाउँदा ।
झनै रमाइलो त मामा घर जाँदा ।।
०००
युरो स्कुल छाउनी
कक्षा ६ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले चिनियाँ सामानमा कर वृद्धि गर्दा भारतबारे किन मौन ?
-
आजपाले चैत २४ गते काठमाडौँमा प्रदर्शन गर्ने
-
अधिराजकुमारी सोफीयाद्वारा भक्तपुर अस्पतालको प्रसूति सेवाबारे चासो
-
कसले पाउला रतन टाटाको डेढ खर्ब भारुको सम्पत्तिमा हक ?
-
राजस्व चुहावट नियन्त्रणलाई थप प्रभावकारी बनाउन सिंहदरबारमा छलफल
-
जसपा नेपालमा भयो कार्य विभाजन : कसले के जिम्मेवारी पाए ?