सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय
पत्रकार सम्मेलन

राहत, उद्धार र पुनर्निर्माणलाई तीव्रता दिइने प्रधानमन्त्रीको घोषणा

सोमबार, १४ असोज २०८१, १७ : ३२
सोमबार, १४ असोज २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विपत्तिको बेला विरोधका लागि विरोध गर्नुको साटो विपत्तिमा परेकाहरूको उद्धार, राहत र पुनर्निर्माणमा तीव्रता दिनुपर्ने बताएका छन् । 

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी भई सोमबार स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले सरकारी निकाय र जनस्तरबाट उद्धारको कार्य भइरहेको भन्दै अव थप तीव्रता दिइने बताएका हुन् । 

त्यसक्रममा उनले बाढी आउने कुरालाई रोक्न नसकिने भन्दै आफूले सकेअनुसार राहत र उद्धार गर्न सरकारका अङ्गलाई निर्देशन दिएको पनि बताए । ‘बाढी र पहिरो आउने कुरा पूर्वसूचना गरेर जाँदैन । गएपछि क्षति पुर्याउने नै हो । सरकारले राहत र उद्धारको काम गरेको छ’, उनले भने, ‘मैले बाहिर हुँदा पनि जानकारी लिएको छु । सरकारले आफ्नो बुताअनुसार गरेको छ । विरोधका लागि विरोध होइन । सबै मिलेर अघि बढ्नु आवश्यक हुन्छ ।’

प्रधानमन्त्रीले अब आफू स्वदेश फर्केपछि पनि उद्धार, राहत र पुनर्निर्माणमा लाग्ने भन्दै त्यसलाई थप प्रभावकारी बनाउने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप