सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

बाढी पहिरोको विषयमा कांग्रेसले प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण प्रतिवेदन बुझाउने

केन्द्रीय सदस्य मधु आचार्यको नेतृत्वमा बन्यो पाँच सदस्यीय समिति
सोमबार, १४ असोज २०८१, १७ : २८
सोमबार, १४ असोज २०८१

काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बाढी पहिरोको विपत्तिबाट जनताले भोगेका समस्याको बारेमा ध्यानाकर्षण गराउने भएको छ । सोमबार पार्टी महामन्त्री गगनकुमार थापाको अध्यक्षतामा पार्टी कार्यालय सानेपामा बसेको बाढी पीडित राहत तथा पुनर्स्थापना समितिको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकमा सहभागी केन्द्रीय सदस्य मधु आचार्यका अनुसार प्रधानमन्त्री ओली नेपाल आइसकेको र समय लिएर पार्टीको तर्फबाट प्राकृतिक विपत्तिको बारेमा जानकारी गराउने निर्णय भएको हो ।

प्रधानमन्त्री ओलीलाई भेटेर के–के विषयमा ध्यानाकर्षण गराउने भन्ने विषयको प्रतिवेदन बनाउन बैठकले समिति गठन गरेको छ । स्थानीय तह समन्वय विभाग प्रमुख समेत रहेका आचार्यको नेतृत्वको समितिमा अर्का केन्द्रीय सदस्य डा. गोविन्द पोखरेल पनि रहेका छन् । यस्तै समितिमा विज्ञहरू मानबहादुर थापा‚ हरिदर्शन श्रेष्ठ तथा सिडेन अध्यक्ष लक्ष्मण केसी रहेका छन् ।

‘हामीले प्रतिवेदन बनाएर पार्टीलाई बुझाउँछौँ । त्यसपश्चात् पार्टीले प्रधानमन्त्रीको समय लिएर उक्त सुझाव सहितको ध्यानाकर्षण बुझाउँछ‚’ आचार्यले भने‚ ‘हामी विपत्तिसँग जुध्ने अल्पकालीन‚ मध्यकालीन र दिर्धकालीन उपाय पनि सुझावको रूपमा दिन्छौँ।’

आचार्यका अनुसार तीन तहको सरकार मध्ये कुन सरकारले के गर्ने भन्ने विषय उल्लेख गरेर प्रतिवेदन तयार हुनेछ । साथै‚आचार्यले आफ्नो मातहतमा रहेको विभागले प्राकृतिक विपत्तिको यकिन क्षति पत्ता लगाउन वडा तहसम्म पुगेर प्रतिवेदन तयार गर्ने पनि जानकारी दिए ।

‘हामीले गुगल फर्मको माध्यमबाट जिल्ला तहमा पार्टी संयन्त्र हुँदै वडा तहसम्म पुगेर यथार्थ विवरण सङ्कलन गर्ने र त्यसको आधारमा प्रतिवेदन तयार गर्नेछौँ‚’ आचार्यले थपे‚ ‘सम्भवतः तथ्याङ्क सङ्कलनको काम भोली बेलुकासम्म सक्छौँ । अहिले धमाधम गुगल फर्म पठाउने काम गरिरहेका छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप