सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय
पत्रकार सम्मेलन

म संयुक्त राष्ट्रसंघको महासभामा भैँसी दुहुन गएर दूध लिएर आएको जस्तो होइन : प्रधानमन्त्री ओली

सोमबार, १४ असोज २०८१, १७ : २२
सोमबार, १४ असोज २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्माओलीले आफू संयुक्त राष्ट्रसंघको भैँसी दुहुन गएर दूध लिएर आएको जस्तो नभएको बताएका छन् ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसंघमा नेपालको सहभागिताबाट नेपालले के फाइदा लियो भनेर सञ्चारकर्मीले सोधेको प्रश्नमा प्रधानमन्त्रीले यस्तो जवाफ दिएका हुन् ।

‘म कुनै भैँसी दुहुन गएर दूध लिएर आएको जस्तो होइन’, प्रधानमन्त्री ओलीले भने, ‘म त्यहाँ हाम्रा विचार र समस्या राख्न गएको हो । राखियो ।’ उनले समस्याहरू हाम्रो देशका मात्र नभएको भन्दै विश्वव्यापी समस्याका बारेमा जानकारी गराएको बताए । 

‘ग्लोबल समस्या भएकाले सबै मिलेर गर्नुपर्छ । त्यसरी नै अल्पविकसित देशहरूले बढी भोग्नुपरेको क्षति र मार जुन छ क्षति पुर्‍याउने कुरामा हात नभए पनि बढी मार सहनुपरेको छ । त्यसमा विश्व समुदायको ध्यान जानुपर्छ’, उनले संयुक्त राष्ट्रसंघको महासभा र साइडलाइन भेटवार्ताहरूबारे जानकारी दिँदै भने, ‘जसले बढी बिगारेको छ उसले बढी क्षतिपूर्ति र सपार्न पनि लगानी गर्नुपर्छ भनिएको छ ।’

पत्रकार सम्मेलनमा भ्रमणबारे परराष्ट्र मन्त्रालयले जानकारी गराएको थियो । त्यसक्रममा संयुक्त राष्ट्रसंघको महासभामा नेपालको सहभागिता र उपस्थिति उपलब्धिमूलक रहेको बताइएको छ ।  संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री ओलीले असोज १० गते संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित कार्यक्रममा सम्बोधन गरेका थिए ।   

त्यसक्रममा प्रधानमन्त्रीले नेपालको परिपूर्ण लोकतन्त्र, मानवअधिकार, सामाजिक सुरक्षालगायतका विषयमा प्रकाश पार्नुका साथै नेपालले शान्ति प्रक्रियामा गरेको प्रगति, जलवायु परिवर्तन र त्यसले हिमाली राष्ट्रमा पारेको प्रभाव तथा चुनौतीका सन्दर्भमा विश्वका राष्ट्रको ध्यानाकर्षण गराएका थिए ।

प्रधानमन्त्रीको १० दिने अमेरिका भ्रमणका क्रममा अमेरिकाका राष्ट्रपतिका साथै अन्य मुलुकका प्रधानमन्त्री तथा राष्ट्रप्रमुखहरूसँग पनि भेटवार्ता र नेपालको चासो र सरोकारका विषयमा ध्यानाकर्षण गराएका थिए । प्रधानमन्त्रीको भ्रमणबारे परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले भ्रमबारे जानकारी गराएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप