सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

नेविसंघलाई राहत तथा तरुण दललाई सरसफाइ र अस्थायी टहरा निर्माणको जिम्मेवारी

सोमबार, १४ असोज २०८१, १७ : १६
सोमबार, १४ असोज २०८१

काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेसले बाढी पहिरोको विपत्तिको मारमा फसेका जनताका लागि राहत सङ्कलन गर्ने वितरण गर्ने जिम्मेवारी भातृ संस्था नेपाल विद्यार्थी सङ्घलाई दिएको छ ।

सोमबार पार्टी महामन्त्री गगनकुमार थापाको अध्यक्षतामा पार्टी कार्यालय सानेपामा बसेको बाढी पीडित राहत तथा पुनर्स्थापना समितिको बैठकले भातृ संस्थाहरूलाई फरक फरक जिम्मेवारी दिएको केन्द्रीय सदस्य मधु आचार्यले जानकारी दिए ।

पार्टी स्थानीय तह समन्वय विभाग प्रमुख समेत रहेका आचार्यले दिएको जानकारीअनुसार बाढी पहिरोको समस्या भएको ठाउँमा सरसफाइ गर्ने जिम्मेवारी भने नेपाल तरुण दललाई दिइएको छ । यस्तै तरुण दलले स्थानीय तहसँगको समन्वयमा आवश्यकताअनुसार अस्थायी टहरा बनाउने जिम्मेवारी थप दिइएको उनले बताए ।

‘प्राकृतिक विपत्तिको कारण फोहोर जम्मा भएको छ । त्यसलाई सरसफाइ नगर्ने भए महामारी फैलन्छ । त्यसैले सरसफाइको जिम्मेवारी पनि हामीले दिएका हौँ‚’ आचार्यले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप