सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय
पत्रकार सम्मेलन

विपद्पछि सरकारले राहत र उद्धारको काम प्रभावकारी ढङ्गले गरेको छ : प्रधानमन्त्री

सोमबार, १४ असोज २०८१, १७ : १०
सोमबार, १४ असोज २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्का बेला सरकारले प्रभावकारी काम नगरेको भनेर विरोधका लागि विरोध मात्र गरिएको बताएका छन् । 

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिएका हुन् ।  ‘विरोधका लागि विरोध होला तर सरकारले तत्काल गर्न सक्ने काम सरकारले गरेको छ’, प्रधानमन्त्रीले भने, ‘उद्धार र राहतको काम सरकारले तत्काल पुर्‍याएको छ ।’

उनले आफू बाहिर हुँदा पनि घटनाबारे जानकारी लिएको भन्दै आवश्यक निर्देशन समेत दिएको बताए ।  उनले यस्तो संवेदनशील बेलामा सबै मिलेर नागरिकको पीडामा जुट्नुपर्ने पनि बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप