वीपी राजमार्गको वैकल्पिक रुट पहिचान गर्ने सचिवहरुकाे बैठकको निर्णय
सोमबार, १४ असोज २०८१, १६ : ३३

काठमाडौँ । मनसुनजन्य विपद्का कारण क्षतिग्रस्त वीपी राजमार्ग सञ्चालनमा आउनुअघि सरकारले वैकल्पिक रुट पहिचान गर्ने भएको छ । सोमबार मुख्य सचिव एकनारायण अर्यालको संयोजकत्वमा बसेको विपद् व्यवस्थापन सम्बन्धी सचिवहरुकाे बैठकले सो निर्णय गरेको हो ।
काठमाडौँ–सिन्धुली–बर्दिबास सड्क खण्ड सञ्चालनमा आउनुअघि वैकल्पिक रुट पहिचान गरेर सार्वजनिक गर्न सचिवहरूको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई जिम्मेवारी दिएको छ । बैठकको निर्णयमा भनिएको छ, ‘वीपी राजमार्ग (काठमाडौँ–सिन्धुली–वर्दिबास) सञ्चालनमा नआउन्जेलका लागी वैकल्पिक रुट पहिचान गरी यथाशीघ्र सार्वजनिक गर्ने ।’
सचिव बैठकले पृथ्वी राजमार्ग र कान्ति राजपथ यथाशीघ्र सञ्चालन गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थकाली समुदायमा ‘तोरन ल्ह’ पर्वको रौनक
-
गण्डकीका ४१ क्याम्पसमा स्ववियु निर्वाचन : कतै तालाबन्दी, कतै निर्विरोध
-
होली पर्वले संस्कृति र आत्मस्वाभिमानको सम्मान गर्न अभिप्रेरित गर्छ : प्रचण्ड
-
सनातन संस्कृतिमा होली र फागु
-
सय दिनसम्म बाँचे टाइटानियमको कृत्रिम मुटुजडित पुरुष
-
‘मे त्हलें प्रीब पर्व’ मनाउँदै गुरुङ समुदाय