बाढी पहिरोबाट प्रभावित क्षेत्रमा स्वास्थ्य शिविरहरू सञ्चालन हुने

काठमाडौँ । बाढी पहिरोबाट प्रभावित क्षेत्रमा सचेतना र स्वास्थ्य शिविरहरू सञ्चालन हुने भएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २५ औँ बैठकमा महामारीजन्य रोग फैलने जोखिमलाई मध्यनजर गरी स्वास्थ्य मन्त्रालयले सम्भाव्य जोखिमयुक्त स्थानहरूमा सचेतना र स्वास्थ्य शिविरहरू सञ्चालन गर्ने निर्णय गरेको हो ।
यस्तै बैठकले बाढी पहिरोमा परी बेपत्ता रहेका नागरिकको खोज तथा उद्धारको कामलाई तीव्र बनाउने, अवरुद्ध राजमार्ग तथा बाटोहरू यथाशीघ्र सञ्चालनका लागि सम्बन्धित निकायले पहल गर्ने जनाएको छ । यसैगरी बैठकले विपद् संवेदनशील सामाजिक सुरक्षा मापदण्ड, २०८१ स्वीकृतिका लागि गृह मन्त्रालय मार्फत मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने निर्णय गरेको छ ।
बैठकले विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि, २०८१ संशोधनका लागि गृह मन्त्रालय मार्फत मन्त्रिपरिषदमा प्रस्ताव पठाउने निर्णय पनि गरेको छ । कार्यकारी समितिको बैठकलाई सम्बोधन गर्दै समितिका अध्यक्ष तथा गृहमन्त्री रमेश लेखकले सबै निकायबिच सहकार्य र समन्वयको वातावरण बनेको बताए ।
यसैगरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले संयन्त्रहरू आपतकालीन अवस्थामा तुरुन्त परिचालन हुने वातावरण बनाउनुपर्ने धारणा राखे । हालको बाढी पहिरोपछि फैलन सक्ने महामारीजन्य रोग नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले काम अघि बढाइसकेको समेत उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ