सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय
झ्याप्ले खोला दुर्घटना

३ वटा गाडीमा पुरिएका ३५ मध्ये १३ जनाको सनाखत

सोमबार, १४ असोज २०८१, १६ : ०५
सोमबार, १४ असोज २०८१

काठमाडौँ । धादिङको धुनिवेशी नगरपालिका–९ स्थित झ्याप्ले खोलामा पहिरोमा पुरिएर ३ वटा गाडीमा सवार ३५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २५ जना पुरुष ९ जना महिला र १ जना बालिका छन् । उनीहरूमध्ये १३ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङका इन्स्पेक्टर प्रह्लाद सिलवालले रातोपाटीलाई बताए ।

दुई वटा माईक्रो र एउटा बसमा सवार यात्रुलाई पहिरोले पुरेको हो । गोरखाबाट काठमाडौँ आउँदै गरेको ना.४ ख २२७० नम्बरको बसमा ४ जना सवार थिए । चितवनबाट काठमाडौँ आउँदै गरेको बा.२ ख १३४५ नम्बरको हायसमा १७  जना र लु. १ ज ४५७७ नम्बरको विङ्गरमा १४ जना सवार थिए ।  

घटनास्थलबाट सङ्कलन गरिएको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरिँदैछ ।

यस्तो छ सनाखत भएकाहरुको विवरण :

१. प्रकाश कुँवर, बुटवल उपमहानगरपालिका –१६ बस्ने (३५ वर्ष)

२. अनुपतल ठकुरी कुँवर, बुटवल उपमहानगरपालिका –१६ बस्ने (३३ वर्ष)

३. सिर्जना कुँवर, बुटवल उपमहानगरपालिका –१६ बस्ने (२९ वर्ष)

४. रमेशप्रसाद लुइँटेल, रुपन्देहीको देवदह नगरपालिका–४ (५० वर्ष)

५. बोमबहादुर खाम्चा, अर्घाखाँची सि.न.पा–७ (२५ वर्ष)

६. सुमन बजगाईँ, धादिङ धुनिवेशी नगरपालिका–९ बस्ने (३३ वर्ष)

७. सिता भट्टराई, स्याङ्जा गल्याङ नगरपालिका–३ बस्ने (४५ वर्ष)

८. दीपक भट्टराई, स्याङ्जा गल्याङ नगरपालिका–३ बस्ने (१४ वर्ष)

९. दीपेश भट्टराई, स्याङ्जा गल्याङ नगरपालिका–३ बस्ने (१४ वर्ष)

१०. जुद्धबहादुर रायमाझी, गुल्मी दरबार गाउँपालिका–७ बस्ने (३२ वर्ष)

११. प्रमिता भुसाल, गुल्मी दरबार गाउँपालिका–७ बस्ने (३१ वर्ष)

१२. कृशब रायमाझी, गुल्मी दरबार गाउँपालिका–७ बस्ने (२ वर्ष)

१३. साइमन तामाङ, नुवाकोट सामरी–५ बस्ने (२१ वर्ष) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप