पहिरोमा परेर मृत्यु भएका सेनाका कर्णेल केसीको पशुपतिमा अन्त्येष्टि (तस्बिरहरु)
सोमबार, १४ असोज २०८१, १६ : ००

काठमाडौँ । पहिरोमा परेर मृत्यु भएका नेपाली सेनाका बहालवाला कर्णेल (प्रमुख सेनानी) मिलन केसीको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।
शनिबार सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाको सुकुटेस्थित सिन्धु बिज रिसोर्ट पहिरोले बगाएर मृत्यु भएका केसीको सोमबार सैनिक सम्मानसहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।
केसीको पार्थिव शरीरमा नेपाली सेनाका उच्च अधिकारी, आफन्तजनले अन्तिम बिदाइ गरेका थिए ।
दोलखा जिल्लाको भीमेश्वर नगरपालिका बोच निवासी केसीको पहिरोमा परी निधन भएको थियो । उनको शव नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याएको थियो ।
उनीसँगै दुई कोरियनको पनि मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुम्लाका दुर्गम गाउँमा टेलिकमको ‘फोरजी’ सञ्चालनमा
-
१२ बजे, १२ समाचार : पशुपति जलहरी प्रकरणमा अख्तियारद्वारा सर्वोच्च्मा पुनरावलोकन दर्तादेखि सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकसाथ सुनुवाई हुनेसम्म
-
रिंकु र प्रकृतिका लागि न्याय माग्दै सिराहामा प्रदर्शन
-
गुल्मीको इस्मा गाउँपालिकामा कपडा बैङ्क स्थापना
-
फिल्म ‘लाज शरणम’को जाँचपछि सेन्सर बोर्डले के भन्यो ?
-
किन पर्यो नेपाल ‘ग्रे लिष्ट’मा, यसले कस्तो प्रभाव पर्छ ?