सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

मिर्गौला पीडित वरिष्ठ हवल्दारलाई गौशाला वृत्तको आर्थिक सहयोग

सोमबार, १४ असोज २०८१, १५ : ४६
सोमबार, १४ असोज २०८१

काठमाडौँ । मिर्गौलाको समस्याबाट पीडित प्रहरी वरिष्ठ हवल्दार चित्र बहादुर पुनलाई प्रहरी वृत्त गौशालाले आर्थिक सहयोग प्रदान गरेको छ । सल्यानको सारदा नगरपालिका–१४ घर भएका पुन विगत ५ वर्षदेखि डायलासिस गराइरहेका छन् ।

त्रिवि शिक्षण अस्पतालले उनको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भनेको छ । प्रत्यारोपण गर्न करिब १५ लाख रुपैयाँ लाग्ने भएपछि उनलाई सहयोग गरिएको प्रहरी वृत्त गौशालाका डीएसपी केशव कुमार थेवेले रातोपाटीलाई बताए । उनले भने, ‘हामीले ७० हजार २ सय रुपैयाँ आर्थिक सहयोग गरेका छौँ ।’

मिर्गौलाको समस्याबाट प्रभावित पुन वडा प्रहरी कार्यालय नेपालगञ्जमा कार्यरत छन् । पीडितको आग्रह अनुसार गौशाला वृत्तमा कार्यरत प्रहरी कर्मचारीहरूले सो सहयोग रकम संकलन गरेर हस्तान्तरण गरिएको डीएसपी थेवेले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप