सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

चार दिनदेखि रोकिएका एक हजारभन्दा बढी गाडी बसपार्कबाट छुट्न थाले

सोमबार, १४ असोज २०८१, १५ : ३१
सोमबार, १४ असोज २०८१

काठमाडौँ । अविरल वर्षासँगै गएको पहिरोले राजमार्गहरू अवरुद्ध हुँदा चार दिनदेखि रोकिएका गाडीहरू आजदेखि छुट्न थालेका छन् । काठमाडौँको नयाँ (गोङ्गबु) बसपार्क लगायत विभिन्न स्थानबाट केही बेरअघिदेखि सवारी साधनहरू गन्तव्यका लागि छुट्न थालेका हुन् ।

चार दिनदेखि निरन्तर सडक अवरुद्ध हुँदा एक हजारभन्दा बढी सवारी साधनमा यात्रुले टिकट काटेर पनि रोकिएका थिए । उनीहरूलाई गन्तव्यमा पुर्‍याउन थालिएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए । सोमबार छुट्ने गाडी सहजतापूर्वक गन्तव्यमा पुग्न सके अहिले सुस्त रहँदै आएको टिकट बुकिङमा उत्साह थपिने यातायात व्यवसायीको विश्वास छ ।

बसपार्कबाट गाडी छुट्न थालेसँगै अहिले ट्राफिक प्रहरी प्रमुख डीआईजी भरत बोहोरा समेत पहिरोग्रस्त झ्याप्ले खोलाको निरीक्षणमा पुगेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप