सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
समाचार

प्रधानन्यायाधीशमा सिफारिस राउतको सुनुवाइ बुधबार

सोमबार, १४ असोज २०८१, १५ : २०
सोमबार, १४ असोज २०८१

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमानसिंह राउतको संसदीय सुनुवाइ असोज १६ गते बुधबार हुने भएको छ । सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले सुनुवाइका लागि यस्तो कार्यतालिका बनाएको हो । 

समिति सदस्य ईश्वरी घर्तीले मंगलबार उजुरीकर्तासँग छलफल गर्ने र बुधबार सुनुवाइ गर्नेगरी कार्यतालिका बनाइएको बताइन् । 

राउतविरुद्ध ६ वटा उजुरी परेको समितिले जनाएको छ । धेरै उजुरी परेकाले बुधबार सुनुवाइ हुने नहुने अनिश्चित रहेको अर्का एक सदस्यले बताए । 

‘उजुरीहरू धेरै छन् । सबैको अध्ययन गर्नुपर्छ । त्यसैले बुधबारको कार्यातालिका भएपनि उक्त दिन सुनुवाइ नहुन पनि सक्छ’, ती सदस्यको भनाइ छ । 

संवैधानिक परिषद्ले वरिष्ठताका आधारमा राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप