सेयर बजार
नेप्से ४४ अंकले बढ्यो, परिसूचक २५०८ बिन्दुमा
सोमबार, १४ असोज २०८१, १५ : १४

काठमाडौँ । सोमबार (आज) सेयर बजार परिसूचक नेप्सेमा ४४.४५ अंकको वृद्धि देखिएको छ । २४६६ बिन्दुबाट सुरु भएको कारोबार सामान्य उतारचढावका बिच २५०८.८६ बिन्दुमा उक्लिएको हो ।
आज परिसूचक भारी अंकले बढे पनि कारोबार रकममा भने गिरावट आएको छ । कुल ३१९ कम्पनीको ९७ लाख १७ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ७१ करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ । यसअघि केही दिनको कारोबार रकम ४ अर्बभन्दा बढी थियो ।
आज २१० कम्पनीको सेयर मूल्य बढेको छ । ३३ कम्पनीको मूल्य घटेको छ भने एक कम्पनीको मूल्य स्थिर रह्यो ।
आज सीईडीबी जलविद्युत् कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै कुमारी सबल योजना, यूनाइटेडलगायत कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । आज नेप्सेमा सूचीकृत सबै उपसमूहको सूचक बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकोस सातौँ अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसिप वैशाख पहिलो साता
-
‘संविधान संशोधनभन्दा पनि त्यसको समीक्षा गरेर अघि बढ्नुपर्छ’
-
पोखरा महानगर : हटाइएका करार कर्मचारीले लगाए ताला
-
विशिष्ट व्यक्तिहरुको सम्पत्ति छानविनको पहलको लागी सभामुखलाई ध्यानाकर्षण
-
सिंगापुरमा निर्वाचनको मिति घोषणा
-
गर्मीमा किन खानु पर्छ मेवा ?