एनपीएलको कमर्सियल राइट्स ब्रान्ड डिजिटल लजिक प्रालिलाई
सोमबार, १४ असोज २०८१, १४ : ५१

काठमाडौँ । निकट भविष्यमा आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको कमर्सियल राइट्स ब्रान्ड डिजिटल लजिक प्रालिले प्राप्त गरेको छ । बोलकबोल प्रक्रियामार्फत ‘ब्रान्ड डिजिटल लजिक प्रालिले कमर्सियल राइट्स प्राप्त गरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
क्यानका अनुसार, ब्रान्ड डिजिटल लजिक प्रालिले सबैभन्दा बढी पाँच करोड ९२ लाख रुपैयाँको बोली लगाएको हो । योसँगै ब्रान्ड डिजिटल लजिकले एनपीएलका खेलहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रसारण गर्ने अधिकार पाएको छ ।
यसका अतिरिक्त ब्रान्ड डिजिटल लजिकले प्रतियोगिताका प्रायोजकहरुसँग समन्वय गरी एनपीएलको आर्थिक पक्षलाई बलियो बनाउने काम पनि गर्नेछ । क्यानले आगामी मंसिर १६ गतेदेखि काठमाडौँमा एनपीएल सञ्चालन गर्ने भएको छ । प्रतियोगितामा आठवटा टोलीको सहभागिता रहने छ ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्ञानेन्द्रले सच्याए प्रजातन्त्र दिवसको अभिव्यक्ति [भिडियो]
-
शिक्षकहरूको पार्टी सदस्यता जलाउने कार्यक्रम गरिदै
-
सरकारले जफत गर्यो वायुसेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदीको जग्गा, सेयर र नगद (सूचीसहित)
-
विशेषले सफाइ दिएको नापी र राष्ट्रिय निकुञ्जको दुई मुद्दामा सर्वोच्च पुग्यो अख्तियार
-
म्यानमारमा भूकम्पका घाइतेकाे उपचार गरी फर्किएको टोलीलाई जंगी अड्डामा सम्मान
-
मोटर चलाउँदा र मोबाइल चार्ज गर्दा करेन्ट लागेर मृत्यु