सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सहकारी ठगी प्रकरण

देवकुमार नेपालीको बाग्लुङ अदालतमा बयान जारी

सोमबार, १४ असोज २०८१, १४ : ४३
सोमबार, १४ असोज २०८१

काठमाडौँ । सहकारी ठगी मुद्दाका आरोपी इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीको बाग्लुङ जिल्ला अदालतमा बयान जारी छ । 

बयान बिहान साढे ११ बजेदेखि सुरु भएको अदालतका तहसिलदार शिवप्रसाद गौतमले जानकारी दिए । उनका अनुसार बयान आज (सोमबार) सकिने सकिने निश्चित छैन । बयानपछि थुनछेक बहस हुने गौतमले जानकारी दिए । 

नेपालीलाई प्रहरीले सोमबार जिल्ला अदालत बाग्लुङमा हाजिर गराएपछि बयान लिन सुरु भएको हो । न्यायाधीशको रोहवरमा जारी बयानमा सरकारी वकिल र नेपालीका वकिलहरूसमेत सहभागी रहेका छन् । नेपाली बाग्लुङको ढोरपाटनका मेयर समेत हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप