सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ट्राफिक अपडेट: यस्तो छ उपत्यकासहित देशभरको सडकको अवस्था

सोमबार, १४ असोज २०८१, १४ : ४१
सोमबार, १४ असोज २०८१

काठमाडौँ । प्रहरीले उपत्यकाकासहित देशभरका सडकको अवस्थाबारे जानकारी गराएको छ । प्रहरीले सोमबार दिउँसो बजेसम्मको सडक यातायातको अवस्थाबारे अपडेट गराउँदै काठमाडौँ उपत्यका स्थित गौशाला, ग्वार्को, इमाडोल, कुपण्डोल, ज्वागल, थापाथली, माइतीघर, बबरमहल, नागस्थान, त्रिपुरेश्वर, टेकु, भोटेबहाल, केशरमहल, लैनचौर र सोह्रखुट्टे हुँदै  चल्ने सवारी साधन क्युमा चलिरहेको जनाएको छ । 

क्यु रहेका  स्थानमा  आवागमन सहज बनाउने  प्रयास भइरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

काठमाडौँको माइतीघर चोकमा  मानिसहरू भेला भएकाले  माइतीघरबाट थापाथलीतर्फ  सर्भिस लेन भएर जाने सवारी  साधनलाई  मुख्य  लेनबाट चलाइएको छ ।

यसैगरी ललितपुरको नख्खुडोलमा रहेको पुल भाँचिएकाले सवारी आवागमन बन्द भएको छ भने धादिङको झ्याप्लेखोलामा खसेको पहिरो केही पन्छ्याएसँगै  नागढुङ्गा नाका  हुँदै काठमाडौँ उपत्यका भित्रिने सवारी साधन चलिरहेका छन् । तर, बाहिरिने सवारी साधनलाई भने अझै  रोक लगाइएको छ ।

ट्राफिक कन्ट्रोल रुमका अनुसार पहिरोकै कारण सिस्नेरी, फर्पिङ र कान्तीलोकपथ हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारी साधनको आवतजावत प्रभावित भएको छ भने काठमाडौँ–सिन्धुली–बर्दिबास  र धुलिखेल–खावा चल्ने सवारी  साधन पनि चल्न  सकेको छैन । 

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ८ र रोशी ११ मा  बाढी तथा पहिरोले सडक बगाउँदा  तथा  सिन्धुलीको सुनकोशी  गाउँपालिका १ मा  झरेको पहिरोका कारण विपि राजमार्ग  अवरुद्ध भएको छ ।

यसैगरी रसुवा जिल्लाका  विभिन्न स्थानमा पहिरो खस्दा पासाङ ल्हामु राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ ।

सिन्धुलीको  गोलन्जोर गाउँपालिकाका विभिन्न स्थान तथा फिक्कल गाउँपालिका २ र ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका ६ जयराम घाटमा खसेको पहिरोले मध्यपहाडी लोकमार्गको आवागमन अवरुद्ध भएको छ । 

रामेछापको मन्थली नगरपालिका ६ स्थित सुनकोशी नदीले पुल बगाउदा खुर्कोट–मन्थली चल्ने सवारी साधनको आवागमन रोकिएको छ । 

सगरमाथा राजमार्ग अन्तर्गत उदयपुरको रौतामाई गाउँपालिका ५  र खोटाङको खोटेहाङ गाउँलिका ११ जोड्ने पुल भत्किएकाले आवागमन प्रभावित भएको प्रहरीले जनाएको छ । 

प्रहरी प्रधान कार्यालयले गरेको सडकको अवस्थाबारे थप अपडेट: 

461560635_851890973740094_915376336873551733_n

461680361_851890980406760_314232850917184996_n


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप