प्राकृतिक विपद्
बाढीपछि नख्खु करिडोर क्षेत्रको खण्डहर दृश्य
सोमबार, १४ असोज २०८१, १४ : ३३
![बाढीपछि नख्खु करिडोर क्षेत्रको खण्डहर दृश्य](https://npcdn.ratopati.com/media/news/nakhu_VkVEReTkKN.jpg)
काठमाडौँ । बाढीपछि नख्खु करिडोर क्षेत्र खण्डहर देखिएको छ । बिहीबारदेखि शनिबारसम्म आएको अविरल वर्षापछि ललितपुरको नख्खु करिडोर क्षेत्रका घरहरू कुनै पनि बस्न लायक छैनन् ।
एक तले घरमा माटो भोरिएको छ भने टिनका घरहरू बाढीले बगाएको र बस्नै नमिल्ने अवस्थामा रहेका छन् ।
आइतबारदेखि पानी पर्न रोकिएसँगै सो क्षेत्रका मानिसहरू घर सफा गर्न, बचेका सामानहरू सुरक्षित स्थान तिर लाग्न व्यस्त देखिन्छ ।