सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

कर्णालीमा १२ वटा रणनीतिक अस्पताल प्रस्ताव (सूची)

सोमबार, १४ असोज २०८१, १४ : १७
सोमबार, १४ असोज २०८१

सुर्खेत । कर्णालीका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले रणनीतिक अस्पताल सम्बन्धी अवधारणा सार्वजनिक गरेका छन् । सोमबार सुर्खेतमा आयोजित कर्णाली प्रदेशमा दिगो विकास लक्ष्यहरूको समीक्षा तथा समन्वयात्मक कार्यक्रममा रणनीतिक अस्पतालबारे जानकारी गराएका हुन् ।

मन्त्री भण्डारीकाअनुसार कर्णालीमा १२ वटा रणनीतिक अस्पताल घोषणा हुने प्रस्ताव जानकारी गराए । भण्डारीले सुर्खेतको पञ्चपूरी, दैलेखको दुल्लु र राकम कर्णाली, जाजरकोट नलगाड, रुकुमको आठविसकोट, सल्यानको बागचौर र बनगाड, डोल्पाको मुड्केचुला, कालिकोटको रास्कोट, जुम्लाको कनकासुन्दरी, मुगुको खत्याड र हुम्लाको अदानचुलीलाई रणनीतिक अस्पताल क्षेत्र तोकिने प्रस्तावित योजना सार्वजनिक गरे ।

यी अस्पतालको स्तरोन्नति, जनशक्ति व्यवस्थापन, क्षमता विकास तथा स्रोत व्यवस्थापन गरी रणनीतिक अस्पताल सञ्चालन गर्ने योजना रहेको मन्त्री भण्डारीले बताए । रणनीतिक अस्पतालहरूले दिगो विकासका स्वास्थ्यका उद्देश्यमा टेवा पुर्‍याउने अपेक्षा उनको छ ।

‘स्वास्थ्यलाई सहज सुलभ र पहुँचयुक्त बनाउन रणनीतिक अस्पतालको अवधारणा ल्याइएको हो,’उनले भने, ‘भौगोलिक अवस्था, लाभान्वित जनसङ्ख्या, निर्वाचन क्षेत्र, राजमार्ग लक्षित स्थान र बिरामीको चापका आधारमा रणनीतिक अस्पताल क्षेत्र छनोट गरिएको हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप