सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

टेस्ट क्रिकेटमा भारतले बनायो गजबको कीर्तिमान !

सोमबार, १४ असोज २०८१, १४ : १२
सोमबार, १४ असोज २०८१

काठमाडौँ । भारतीय क्रिकेट टोलीले टेस्ट क्रिकेटमा गजबको कीर्तिमान बनाएको छ । कानपुरमा जारी बंगलादेशविरुद्धको दोस्रो टेस्ट क्रिकेटको चौथो दिन सोमबार भारतले यस्तो कीर्तिमान बनाएको हो ।

बंगलादेशी टोली आफ्नो पहिलो पालीमा दुई सय ३३ रनमा अलआउट भएको थियो । त्यसपछि जवाफी ब्याटिङमा ओर्लिएको भारतले आक्रामक ब्याटिङ गर्दै तीन ओभरमै ५० रन बनायो ।

भारतले तीन ओभरमा ५० रन बटुल्दै कीर्तिमान बनाएको हो । यसअघि टेस्ट क्रिकेटमा इङ्ल्यान्डले ३० वर्षअघि वेस्ट इन्डिजविरुद्ध ४.२ ओभरमा ५० रन बनाएको थियो । अहिले भारतले त्यही कीर्तिमान तोडेको हो ।

भारतका लागि कप्तान रोहित शर्मा र यशस्वी जैसवालले अत्यन्तै आक्रामक ब्याटिङ गर्दै केवल तीन ओभरमा ५० रन बनाएका हुन् । रोहितले केवल ६ बलमा १९ रन र यशस्वीले १३ बलमा ३० रन बनाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप