रुपन्देहीमा बाढीमा बेपत्ता चालक र सहचालकको शव फेला
सोमबार, १४ असोज २०८१, १४ : ०९

बुटवल । बाढीमा परि शनिवारदेखि हराइरहेका दूध बोक्ने गाडीका चालक र सहचालकको शव आज फेला परेको छ । दूध बोकेर रुपन्देहीको मर्चावरदेखि भैरहवातर्फ आउँदै गरेको भे १ च २६७६ नम्बरको जिपसँगै जिपका चालक र सहचालक बेपत्ता भएका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रंजितसिंह राठोरले जिपका चालक प्रकाश तामाङ र सहचालक उमेश लोधको शव रुपन्देहीको घाघरा खोलमा फेला परेको बताए । शनिवार बाढीमा परेको उक्त जिपलाई रुपन्देहीको विपद् व्यवस्थापन टोलीले आइतबार क्रेनको सहायताले निकालेको थियो । जिपभन्दा करिब १ सय मिटर तल चालक र सहचालकको शव फेला परेको हो ।
सम्मरीमाई गाउँपालिका–५ रोइनिहवास्थित तिवारी दूध सङ्कलन केन्द्रबाट सो गाडी दूध लिएर शनिवार बिहान ५ बजे भैरहवा आउँदै थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रादेशिक अस्पताल एसएमएस मूल्याङ्कनमा उत्कृष्ट
-
के हो चीनमा भेटिएको कोभिडजस्तै नयाँ भाइरस एचकेयू ५–कोभ २ ?
-
बहुआयामिक महत्वको मधानी महोत्सव सुरु
-
६ महिनामा १४ हजार सैनिक विपद् व्यवस्थापनमा परिचालन
-
दुबई पुगेका उपेन्द्रले भने- विभेदकारी राज्य ध्वस्त पार्न अन्तिम लडाइँ लड्नुपर्छ
-
कम्युनिस्ट नेताहरूको छोराछोरी कहाँ कहाँ पढ्छन् सार्वजनिक गरौँ : सुदन किराती