एनपीएल क्रिकेट : सुदूरपश्चिम टोलीको नाम र लोगो सार्वजनिक

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी टोलीमध्येको एक सुदूरपश्चिमले आफ्नो नाम र लोगो सार्वजनिक गरेको छ ।
सुदूरपश्चिमको टोली आगामी एनपीएलमा ‘सुदूरपश्चिम रोयल्स’ को नामबाट सहभागी हुनेछ । सुदूरपश्चिम रोयल्सले एनपीएलका लागि आफ्नो लोगो पनि सार्वजनिक गरेको छ ।
सुदूरपश्चिम रोयल्सको स्वामित्व एम्पायर स्पोर्टस म्यानेजमेन्ट प्रालिसँग रहेको छ । सुदूरपश्चिम रोयल्सले आगामी एनपीएलमा उत्कृष्ट प्रदर्शनको तयारी गरिरहेको पनि जनाएको छ ।
सुदूरपश्चिम रोयल्सको मार्की खेलाडीका रुपमा दीपेन्द्रसिंह ऐरी रहेका छन् । उनी नेपाली राष्ट्रिय टोलीका प्रभावशाली अलराउन्डर पनि हुन् । उनी हाल राष्ट्रिय टोलीसँगै क्यानडा भ्रमणमा छन् ।
आगामी एनपीएलमा आठवटा टोलीको सहभागिता रहने क्यानले जनाएको छ । प्रतियोगिता आगामी मंसिर १६ देखि पुस ७ गतेसम्म सञ्चालन हुने क्यानले जनाएको छ ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीका पूर्वमन्त्री खत्रीले गरे अन्तरजातीय विवाह, भोजमा हुने खर्च वृद्धाश्रमलाई
-
सरकारले ‘पर्फमेन्स’ बढाउनुपर्ने कांग्रेसको निष्कर्ष
-
कांग्रेस भन्छ– प्रचण्डले भनेजस्तो सरकार ढल्दैन
-
माओवादी विराटनगर सम्मेलनमा प्रचण्ड आउने
-
काठमाडौँ उपत्यकासहित देशभरका सामुदायिक विद्यालय बन्द
-
दाङमा चलचित्र निर्माण कार्याशाला हुने