विभेद रोक्न माग गर्दै निगमका ‘क्याबिन क्रु’ को प्रदर्शन

काठमाडौँ । नेपाल वायु सेवा निगमका ‘क्याबिन क्रु’ हरूले अन्याय र विभेद भएको भन्दै व्यवस्थापनविरुद्ध विरोध प्रदर्शन गरेका छन् । वर्षौंदेखि कार्यरत ‘क्याबिन क्रु’ हरूले सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशविरुद्ध गई व्यवस्थापनले काम गरेको, न्यायका लागि लड्दा प्रतिशोध साँधेको भन्दै विरोध गरेका हुन् ।
करिब ५० जनाले सोमबार बिहान कार्यकारी अध्यक्ष युवराज अधिकारी प्रवेश गर्ने बेलामा हातमा कालोपट्टी बाँधी प्रदर्शन गरेका थिए । उनीहरूले सर्वोच्चको अन्तरिम आदेश पालना गर, विभेद रोक, दमन गर्न पाइँदैनजस्ता नारा लेखेका प्लाकार्ड सहित विरोध गरेका छन् ।
सर्वोच्च अदालतले केही महिना अघि कर्मचारीबिच सेवा, सुविधा र सेवा अवधिमा भेदभाव नगर्न निगमका नाममा अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्चको आदेशको अवहेलना गर्दै क्याबिन क्रुलाई अवकास दिन लागिएको, सेवा सुविधामा भेदभाव गरिएको उनीहरूको भनाइ छ ।
सर्वोच्चमा समेत यो विषय विचाराधीन रहेकै अवस्थामा कार्यकारी अध्यक्ष अधिकारीले पूर्वाग्रहपूर्ण ढंगले कारबाही थालेको उनीहरूले बताएका छन् । निगमका १७२ जना क्याबिन क्रु अन्यायमा परेको भन्दै केही महिनाअघि न्यायका लागि सर्वोच्च पुगेका थिए । उनीहरूले पर्यटनमन्त्री बद्री पाण्डेलाई समेत भेटेर भेदभाव रोक्नका लागि आवश्यक पहल गर्न ज्ञापनपत्र बुझाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध
-
१० बजे १० समाचार : अडियो प्रकरणले लियो ज्यान, अब ईभी किन्न कठिन
-
६० लाख खर्च गरेर २५ जोडीको सामूहिक विवाह गरिने
-
नेपालगञ्जमा भ्यानको ठक्करबाट एक बालकको मृत्यु