खोलाले बगाएका चौधरीको शव भेटियो
सोमबार, १४ असोज २०८१, १३ : १५

दमक । किस्ने खोलाले बगाएर बेपत्ता भएका झापा कमल गाउँपालिका–१ बस्ने ३५ वर्षीय टीकाराम चौधरी तीन दिनपछि मृत अस्थामा भेटिएका छन् । प्रहरी टोली र स्थानीयवासीले खोजतलास गर्ने क्रममा आज बिहान ८ः ३० बजे आसपास चौधरीलाई मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार घटनास्थलदेखि करिब तीन किलोमिटर दक्षिण सोही खोलाको बगरमा बालुवाले पुरिएको अवस्थामा चौधरीको शव फेला परेको हो । अविरल वर्षापछि आएको बाढीले शुक्रबार चौधरी बेपत्ता भएका थिए । बाढीले जिल्लामा चौधरीसहित तीन जना बेपत्ता भएका थिए ।
यसमध्ये कचनकवलकी १५ वर्षीया बालिका नेहारिका राजवंशीको आइतबार र गौरीगञ्जका केमालाल ताजुरियाको शनिबार शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णबहादुर चन्दले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तपाईंहरू के कुरामा अकमक्की रहनुभएको छ ?
-
महिला दिवसका अवसरमा नर्भिक अस्पतालमा विशेष छुट
-
२०२५ को क्रिकेट क्यालेन्डर सार्वजनिक, कहिले कुन प्रतियोगिता ?
-
महिलाको सामाजिक तथा राजनीतिक क्षेत्रमा स्थान हुनुपर्छ : मुख्यमन्त्री कार्की
-
जबरजस्ती करणी मुद्दामा ७ जना किशोरहरू पक्राउ
-
अन्तर्राष्ट्रिय सङ्गठनसँग सम्बन्ध विस्तार गर्दै जसपा नेपाल