दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण मुद्दा ‘हेर्न नमिल्ने’

काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईको बन्दीप्रत्यक्षीकरण मुद्दा ‘हेर्न नमिल्ने’ न्यायाधीशको इजलासमा पेसी परेको छ ।
सोमबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र बालकृष्ण ढकालको इजलासमा परेको उक्त मुद्दा हेर्न नमिल्ने भएको हो । यससँगै मुद्दाको अर्को सुनुवाइ मंगलबारका लागि तोकिएको छ ।
दुर्गा प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनका छोरा निराजन प्रसाईंले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए ।
उक्त रिटमा असोज ८ गते न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले उक्त रिटको प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको थियो ।
प्रसाईंलाई एक साताअघि प्रहरीले पक्राउ गरेको थियो । उनीविरुद्ध साइबर अपराधमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा
-
गर्मी छल्न लेकमा सार्न थालियो पशुगोठ
-
जागरण अभियानले जनतामा आशा जागेको छ : प्रचण्ड
-
कोलकाताले दियो २ सय ५ रनको लक्ष्य, अन्त्य होला दिल्लीमा जितको ८ वर्षको पर्खाइ ?
-
कजरिया टायल्सलाई दुई लाख ८५ हजार जरिवाना, कारोबार पनि रोक्का
-
भारतमा पाकिस्तानी कलाकारहरूमाथि प्रतिबन्ध लगाइएकोमा जावेद अख्तरले के भने ?