सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

कांग्रेस संसदीय दलको बैठक आह्वान

सोमबार, १४ असोज २०८१, १२ : ५०
सोमबार, १४ असोज २०८१

काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।  राज्यव्यवस्था तथा सुशासन समिति सभापति समेत रहेका सांसद रामहरि खतिवडाले दिएको जानकारी अनुसार बैठक मङ्गलवार दिउँसो २ बजेका लागि बोलाइएको हो । बैठक वानेश्वरस्थित संघीय संसद्को ल्होत्से हलमा बस्ने उनले बताए । 

बैठकमा बाढी पहिरो लगायत जनताले भोग्नुपरेको विपत्ति‚ सरकारको राहत कोषमा सांसदहरूले पन्ध्र दिनको तलब दिने लगायत विषयमा छलफल हुने बुझिएको छ ।  ‘समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो‚’ खतिवडाले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप